२०८३ भदौ २८ , आइतबार

संवैधानिक नियुक्तिविरुद्धको रिट आज पनि हेर्दाहेर्दैमा



बैशाख ८, काठमाडौं। ५२ संवैधानिक पदाधिकारीको नियुक्ति प्रक्रियाविरुद्ध दायर रिट आज पनि हेर्दाहेर्दैमा परेको छ। रिटमाथि भोलि बैशाख ९ गते मंगलबार पुनः प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहितको पूर्ण इजलासमा सुनुवाइ हुनेछ।

आज सरकारको तर्फबाट महान्यायधिवक्ता रमेश बडालसहित नायव महान्यायधिवक्ताहरु गोपालप्रसाद रिमाल र सञ्जीव रेग्मी तथा सहन्यायाधिवक्ता सूर्यराज दाहालले सरकारको तर्फबाट बहस गरेका थिए।

प्रधानन्यायाधीश  राउतसहित न्यायाधीशहरू सपना मल्ल प्रधान, मनोजकुमार शर्मा, कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा नियमति सुनुवाइ जारी छ।

भोलिको सुनुवाइमा सरकारी वकिलहरुले बहस गर्नेछन् । त्यसपछि संवैधानिक निकायका तर्फबाट कानुन व्यवसायीहरूले बहस गरेपछि निवेदकका तर्फबाट जवाफी बहस सुरु हुनेछ।

प्रकाशित मिति : २०८२ वैशाख ८ गते सोमबार
प्रतिक्रिया दिनुहोस्