२०८३ साउन १५ , शुक्रबार

दुर्गा प्रसाइ झापाबाट पक्राउः काठमाडौं ल्याइदै



फाइल फोटो

चैत्र २९, काठमाडौं। दुर्गा प्रसाइ पक्राउ परेको नेपाल प्रहरीले जनाएको छ। नेपाल प्रहरीले विज्ञप्ती जारी गर्दै प्रसाइ र निजको अंगरक्षक दिपक खड्कालाइ चैत्र २९ गते झापाको भद्रपुरबाट पक्राउ गरेको प्रहरीले पुष्टि गरेको छ।

नेपाल प्रहरी प्रधान कार्यालयका प्रहरी नायव महानिरीक्षक दिनेश कुमार आचार्यले विज्ञप्ती जारी गरी प्रसाइ र खड्कालाइ नियन्त्रणमा लिइ  काठमाडौं ल्याइदै गरिएको बताएका छन्।

केन्द्रिय प्रहरी प्रवक्ता समेत रहेका आचार्य द्वारा जारी विज्ञप्तीमा भनिएको छ “ मिति २०८१।१२।१५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा संलग्न रही राज्य विरुद्ध र संगठित अपराध सम्बन्धी कसूरमा फरार रहेका दुर्गा प्रसाई र उक्त घटनामा संलग्न निजका अंगरक्षक दिपक खड्कालाई आज मिति २०८१।१२।२९ गते झापा जिल्लाको भद्रपुरबाट नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागी काठमाडौं ल्याइँदै गरिएको व्यहोरा जानकारी गराइन्छ।”

प्रकाशित मिति : २०८१ चैत २९ गते शुक्रबार
प्रतिक्रिया दिनुहोस्