२०८३ साउन १३ , बुधबार

दुर्गा प्रसाइ पक्राउ परेका छैनन्ः नेपाल प्रहरी



चैत्र २८, काठमाडौं। दुर्गा प्रसाइ पक्राउ परेको कुरा हल्ला मात्र भएको नेपाल प्रहरीले जनाएको छ। नेपाल प्रहरीले विज्ञप्ती जारी गर्दै हालसम्म प्रसाइ पक्राउ नपरेको पुष्टि गरेको छ। नेपाल प्रहरी प्रधान कार्यालयका प्रहरी नायव महानिरीक्षक दिनेश कुमार आचार्यले विज्ञप्ती जारी गरी आपराधिक घटनामा संलग्न रही फरार दुर्गा प्रसाई नेपाल प्रहरीको खोजीको सूचिमा रहेको र हालसम्म पक्राउ नपरेकोले भ्रामक समाचार प्रकाशन, प्रशारण नगरिदिनु हुन अनुरोध गरिएको छ।

केन्द्रिय प्रहरी प्रवक्ता समेत रहेका आचार्य द्वारा जारी विज्ञप्तीमा भनिएको छ “नेपाल प्रहरीको विभिन्न स्रोत उल्लेख गरी ‘दुर्गा प्रसाई पक्राउ’ भन्ने शीर्षकमा विभिन्न समाचारहरू प्रकाशन भएको सन्दर्भमा नेपाल प्रहरीको गम्भीर ध्यानाकर्षण भएको छ । विभिन्न आपराधिक घटनामा संलग्न रही फरार दुर्गा प्रसाई नेपाल प्रहरीको खोजीको सूचिमा रहेको जानकारी गराउँदै हालसम्म दुर्गा प्रसाई पक्राउ नपरेको हुँदा भ्रामक समाचार प्रकाशन, प्रशारण नगरिदिनु हुन सबैमा हार्दिक अनुरोध गर्दछौँ ।”

प्रकाशित मिति : २०८१ चैत २८ गते बिहीबार
प्रतिक्रिया दिनुहोस्