
तस्विरः प्रतिनिधि सभा
चैत्र २, काठमाडौं। चैत १५ सम्म संसद् चल्ने गरी संसदीय क्यालेन्डर तयार भएको छ । १५ दिनमा ७ दिन बैठक बस्ने गरी क्यालेन्डरमा उल्लेख भएको संसदीय सचिवालयले जनाएको छ ।
कार्यव्यवस्था परामर्श समितिको बैठकको परामर्शमा संसद् सचिवालयले तयार पारेको क्यालेन्डर अनुसार ३ चैत आइतबार पहिलो बैठक बस्ने क्यालेन्डरमा उल्लेख छ । त्यसपछि ४, ६ र ७ चैतमा बैठक बस्नेछ ।
७ चैतपछि एक साता बैठक स्थगित हुनेछ । त्यसपछि १३, १४ र १५ चैतमा बैठक बस्ने गरी संसदीय क्यालेन्डर तयार भएको छ । आइतबार प्रतिनिधिसभामा शून्य समय, विशेष समय चल्नेछ ।
संसदीय क्यालेन्डर हेर्नुहोस्ः

प्रकाशित मिति : २०८१ चैत २ गते शनिबार







