चैत्र २५, काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले चैत २७ गते शुक्रबार संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने जनाइएको छ।
सङ्घीय संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले चैत २७ गते दिउँसो ३ बजे बस्ने संयुक्त बैठकलाई राष्ट्रपति पौडेलले सम्बाेधन गर्ने तय भएको बताए।
संविधानको धारा ९५ मा व्यवस्था भए अनुसार राष्ट्रपतिले सम्बोधन गर्न लागेका हुन् ।
यसैगरी राष्ट्रपति कार्यालयका सचिव माहादेव पन्थद्वारा हस्ताक्षरित संघिय संसद सचिवालयका महासचिवलाइ लेखीएको पत्रमा समेत नेपाल सरकार, मन्त्रीपरिषद्को सिफारिसमा २७ गते राष्ट्रपतिबाट सम्वोधन हुने जानकारी गराइएको छ।

प्रकाशित मिति : २०८२ चैत २५ गते बुधबार








