
तस्विरः संसद सचिवालय
१२ जेठ। संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह उपस्थिती नभएपछि विपक्षी दलहरूले विरोध जनाएका छन्। प्रधानमन्त्री शाहको उपस्थिति र जवाफको लगातार माग गरेपछि सभामुख डोलप्रसाद आर्याललाइ संसद चलाउन सकस परेको छ।
आफूले गरेको अनौपचारिक संवादका क्रममा प्रधानमन्त्री साह सदनमा आउने तयारीमा रहेकोले अवरोध नगर्न सभामुखले आग्रह गरे।
सभामुख अर्यालले कानुन निर्माणका प्रक्रियामा धेरै काम बाँकी रहेकाले सदनमा अवरोध नगर्न विपक्षी दलका सांसदलाई अनुरोध गरे ।
यसअघि बैठकमा सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले एक साताभित्र प्रधानमन्त्री शाह सदनमा आउने अवगत गराए ।
प्रधानमन्त्री सदनमा उपस्थित भइ संवोधन नगरेको कारण विरोध भएको नेपालको इतिहासमा पहिलो घटना हो।
प्रकाशित मिति : २०८३ जेठ १२ गते मंगलबार






