२२ बैशाख, काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडैलले संघीय संसद्को दुवै अधिवेशन आह्वान गरेका छन् ।
मन्त्रिपरिषद् बैठकले संघीय संसद्को दुवै अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरे अनुसार राष्ट्रपति पौडैलले दुवै सदनको अधिवेसन आह्वान गरेका हुन्।
यही वैशाख २८ गते बिहीबार दिउँसो २ बजे संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान भएको राष्ट्रपति कार्यालयबाट मंगलबार (वैशाख २२) जारी विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : २०८३ वैशाख २२ गते मंगलबार






