२०८३ साउन १३ , बुधबार

गलत रकम लेखिएकै कारणबाट चेक अनादरको मुद्दा दर्ता हुँदैन : उपाध्यक्ष श्रेष्ठ



२८ फागुन, काठमाडौं। नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले चेकमा गलत रकम उल्लेख गरेकै आधारमा चेक अनादरको मुद्दा दर्ता नहुने बताएका छन् ।

बुधबार राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै उनले सो कुरा बताएका हुन् ।उनले चेकमा गलत रकम लेखिएको छ भने सच्याउनका लागि समय तोकिएको स्मरण गराए । गल्ती भएका चेक ३० दिनभित्र सच्याउनुपर्ने कानुनी व्यवस्था रहेको उनको भनाइ छ ।

उनले भने, ‘चेकमा गलत रकम लेखेकै कारणले चेक अनादरमा पर्दैन । चेक अनादर दर्ता हुनलाई ३० दिनको जो समय छ त्यो कुराले काउन्ट गर्छ । त्यसकारण गल्ती छ भने त्यो समयमा सच्चिहाल्छ ।’

पछिल्लो समय चेक संग सम्वन्धित मुद्दाहरु अदालत सवैभन्दा धेरै दर्ता हुने गरेका छन् ।

प्रकाशित मिति : २०८१ फागुन २८ गते बुधबार
प्रतिक्रिया दिनुहोस्