२०८३ साउन १४ , बिहीबार

नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक राष्ट्रियसभाबाट पारित



फागुन १८, काठमाडौं।नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ राष्ट्रियसभाको आइतवार बसेको बैठकले सर्वसम्मत पारित गरेको छ। विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहित पेश भएको विधेयक पारित भएको हो।

बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले उक्त विधेयकमाथि निर्णय गरियोस् भनी राखेको प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको हो।

राष्ट्रिय सभाका सदस्यहरुको छलफल पछी मन्त्री चौरसियाले कानून व्यवसायी प्रतिष्ठान (लयर्स एकेडेमी) को स्थापना गर्नु, संविधानको मर्म अनुसार परिषद हरेक प्रदेश स्थापना गर्ने लगायत विधेयकको मुख्य उद्देश्य रहेको बताए।

राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले निर्णयार्थ राखेको प्रस्ताव स्वीकृत भएको हो।

प्रकाशित मिति : २०८१ फागुन १८ गते आइतबार
प्रतिक्रिया दिनुहोस्