२०८३ वैशाख २ , बुधबार

रवि लामिछानेको प्रस्तावमा बालेन रास्वपाको संसदीय दलको नेता चयन



१२ चैत्र, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) लाई प्रतिनिधिसभा संसदीय दलको नेता बनाउने निर्णय गरेको छ।

केन्द्रीय समिति बैठकमा रास्वपा सभापति रवि लामिछानेले बालेनलाई दलको नेता चयन गर्ने प्रस्ताव गरेका थिए। उक्त प्रस्तावमाथि सर्वसम्मत निर्णय भएको रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिए।

रास्वपाले बालेनलाई प्रधानमन्त्रीको उम्मेदवारको रुपमा अगाडी सारेर चुनावमा होमिएको थियो । उनि झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट निर्वाचित भएका हुन्।

प्रकाशित मिति : २०८२ चैत १२ गते बिहीबार
प्रतिक्रिया दिनुहोस्