२०८३ वैशाख २ , बुधबार

२७४ जना प्रतिनिधि सभा सदस्यहरुले लिए शपथ



१२ चैत्र। नवनिर्वाचित प्रतिनिधि सभाका सदस्यहरुले आज पद तथा गोपनियताको शपथ लिएका छन्।

सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले २७४ जना प्रतिनिधि सभा सदस्यहरुलाई शपथ ग्रहण गराएका हुन्।

संसद् सचिवालयका अनुसार ६३ जना सांसदले आफ्नो मातृभाषामा शपथ लिएका छन् । सिंहदरबार स्थित नयाँ संसद भवनमा सांसदहरू आ–आफ्नो भेषभूषामा उपस्थित भइ सपथ दिएका हुन्।

प्रकाशित मिति : २०८२ चैत १२ गते बिहीबार
प्रतिक्रिया दिनुहोस्