२०८३ वैशाख २ , बुधबार

प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले गरे पदभार ग्रहण



११ चैत, काठमाडौं । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले संसद् सचिवालय पुगेर पदभार ग्रहण गरेका छन् । केसीले आजै शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण गरेका थिए ।

शपथ ग्रहण सकिए लगत्तै उनी सिंहदरबारस्थित संसद् सचिवालय पुगेर पदभार ग्रहण गरेका छन्।

प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट एक सय ६५ र समानुपातिक निर्वाचन प्रणालीबाट एक सय १० जना निर्वाचित भएका छन् ।

केसी नेपाली कांग्रेसबाट समानुपातिकतर्फबाट निर्वाचित सांसद हुन्।  केसीले भोलि दिउसो २ बजे प्रतिनिधिसभामा निर्वाचित २७४ सांसदलाई शपथ खुवाउने कार्यक्रम रहेको छ।

के.सी.ले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ को उपदफा (१) मा उल्लेखित व्यवस्था बमोजिम पद तथा गोपनीयताको शपथ लिएका हुन्।

केसीले सभामुख निर्वाचित नहुँदासम्म प्रतिनिधि सभा बैठकको अध्यक्षता गर्नेछन्।

प्रकाशित मिति : २०८२ चैत ११ गते बुधबार
प्रतिक्रिया दिनुहोस्