१९ फागुन। धनुषा क्षेत्र नम्बर १ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज भएको। मंगलबार निर्वाचन आयोगले साहको उम्मेदवारी खारेज गरेको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए।
बैंक तथा वित्तीय संस्था सम्बन्धी कसूरमा साहलाइ कर्जा सूचना केन्द्रले कालोसूचीमा राखेको हो। सोही कारण साहको उम्मेदवारी खारेज भएको आयोगले जनाएको छ।
उनसंचालन गरेको कमल निर्माण सेवा प्रा.लि २०८० माघ २२ गतेदेखि बैंक तथा वित्तीय संस्था सम्बन्धी भुक्तानी नगरेको कारण साहलाइ कालो सूचीमा राखीएको बताइएको छ।
नेकपा एमालेबाट रामचन्द्र मण्डल, नेपाली कांग्रेसबाट राम पलटन साह र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट मातृका प्रसाद यादव चुनावी प्रतिस्पर्धामा छन्।
प्रकाशित मिति : २०८२ फागुन १९ गते मंगलबार







