२०८३ साउन १२ , मंगलबार

राष्ट्रिय सभाले पारित गर्‍यो चलचित्र विधेयक



२८ माघ। राष्ट्रिय सभाले चलचित्र विधेयक पारित गरेको छ । बुधबार बसेको राष्ट्रिय सभाको बैठकमा विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव प्रधानमन्त्री सुशीला कार्कीको तर्फबाट महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठ प्रस्तुत गरेकी थिइन्।

जसलाई सभाले सर्वसम्मतिमा पारित गरेको हो । उक्त विधेयक तत्कालीन माननीय सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले ल्याएका थिए ।

२०८२ साल वैशाख १४ गते राष्ट्रिय सभामा दर्ता भएको यो विधेयकमाथि २०८२ साल जेठ ६ गते सभामा प्रस्तुत भएको थियो ।

विधायन समितिले पारित गरेर सभामा पेस गरेसँगै विधेयक सभाबाट पारित भएको हो । राष्ट्रिय सभामा दर्ता भएको विधेयक प्रतिनिधी सभामा पेश हुनेछ। प्रतिनिधी सभाबाट पारित भएपछि पुनः राष्ट्रिय सभामा पुगेर अध्यक्ष मार्फत राष्ट्रपति समक्ष प्रमाणीकरणको लागी जानेछ।

प्रमाणिकरण पश्चात ऐनको रुपमा लागु हुनेछ।

प्रकाशित मिति : २०८२ माघ २८ गते बुधबार
प्रतिक्रिया दिनुहोस्