२०८२ माघ १७ , शनिबार

प्रतिनिधिसभाबाट पारित भयो भूमि विधेयक



१३ भदौं। प्रतिनिधिसभाको आजको बैठकले भूमि विधेयकलाई बहुमतले पारित गरेको छ। बैठकमा भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ लाई बहुमतले पारित भएको सभामुख देवराज घिमिरेले घोषणा गरेका हुन्।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले उक्त विधेयक पारित गरियोस् भनी राखेको प्रस्ताव सभामुखले निर्णयार्थ प्रस्तुत गरेका थिए। मन्त्री अधिकारीका अनुसार भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउन सरकारले भूमि विधेयक ल्याएको प्रतिकृया दिए।

विधेयक र प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदनमाथिको छलफलका क्रममा सांसदहरूले प्रश्न उठाएका थिए।

प्रकाशित मिति : २०८२ भदौ १३ गते शुक्रबार
प्रतिक्रिया दिनुहोस्