२०८३ साउन १३ , बुधबार

राज्य व्यवस्था तथा सुशासन समिति सभापतीको निर्वाचन बुधबार हुदै



९ भदौ। प्रतिनिधि सभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको सभापतीको निर्वाचन बुधबार हुने भएको छ। संघीय संसदका महासचिव पद्म प्रसाद पाण्डेयद्वारा जारी सूचनामा बुधबार निर्वाचन हुने भएको हो।

‘प्रतिनिधि सभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिमा रिक्त रहेको सभापति पदको निर्वाचनको लागि प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १७६ को उपनियम (१) बमोजिम सम्माननीय सभामुखले मिति २०८२ साल भदौ ११ गते बुधबारको दिन तोक्नुभएको बेहोरा माननीय सदस्यहरूको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ’ सूचनामा भनिएको छ।

राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदबाट रामहरि खतिवडाले राजीनामा दिएपछी उक्त पद रिक्त रहेको थियो। राज्य व्यवस्था समितिबाट पारत भएको विधेयकको प्रतिवेदनमा गम्भीर त्रुटि भएको संसदीय छानबिन समितिले निष्कर्ष निकालेर प्रतिवेदन आइसकेपछि सभापति खतिवडाले राजिनामा दिएका थिए।

प्रकाशित मिति : २०८२ भदौ ९ गते सोमबार
प्रतिक्रिया दिनुहोस्