२०८२ माघ १७ , शनिबार

नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक राष्ट्रिय सभाबाट पारित



६ भदौं। नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित भएको छ। विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहित प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त “नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि छलफल गरियोस्” भन्ने प्रस्ताव गृहमन्त्री रमेश लेखकले प्रस्तुत गर्ने कार्यसुचि रहेको थियो।

गृहमन्त्री लेखकले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त “नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए।

शुक्रबार बसेको सभाको बैठकले विधेयक पारित गरेको हो। प्रतिनिध सभाबाट पारित भएर गएको विधेयक अब राष्ट्रियसभाले पुन: प्रतिनिधिसभामै पठाउँछ ।

प्रकाशित मिति : २०८२ भदौ ६ गते शुक्रबार
प्रतिक्रिया दिनुहोस्