२०८२ माघ १७ , शनिबार

राष्ट्रपतिद्वारा संवैधानिक परिषद् विधेयक प्रतिनिधि सभामा फिर्ता



९ साउन, काठमाडौ। राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणिकरण नगरी फिर्ता पठाएका छन्।

संघीय संसदबाट पुन: गहन अध्ययन, छलफल, विमर्श र विश्‍लेषण सहित पुनर्विचार गर्न आवश्यक रहेको औल्याउदै ८ गते बिहीबार उक्त विधेयक उत्पति भएको सदन प्रतिनिधि सभामा फिर्ता पठाइएको  राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराई जानकारी दिइन्।

विज्ञप्तिमा भनिएको छ “राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष प्रतिनिधि सभाका सम्माननीय सभामुखज्यूबाट प्रमाणित भई नेपालको संविधानको धारा ११३ को उपधारा (१) बमोजिम प्रमाणीकरणका लागि पेश हुन आएको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयकको दफाहरूको सम्बन्धमा संघीय संसदबाट पुन: गहन अध्ययन, छलफल, विमर्श र विश्‍लेषण सहित पुनर्विचार हुन वाञ्छनीय भएकोले नेपालको संविधानको धारा ११३ को उपधारा (३) बमोजिम सन्देश सहित उक्त विधेयक सम्माननीय राष्ट्रपतिज्यूले विधेयक उत्पति भएको सदन प्रतिनिधि सभामा फिर्ता पठाउनु भएको छ”।

प्रकाशित मिति : २०८२ साउन ९ गते शुक्रबार
प्रतिक्रिया दिनुहोस्