२०८३ भदौ ३० , मंगलबार

मध्यपश्चिम विश्वविद्यालयको १७औँ सभा काठमाडौंमा सम्पन्न



३० असार, काठमाडौं। मध्यपश्चिम विश्वविद्यालयको १७औं सभाको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न भएको छ। प्रधानमन्त्री एवं मध्यपश्चिम विश्वविद्यालयका कुलपति के.पी. शर्मा ओलीको अध्यक्षतामा सम्पन्न भएको छ। उक्त बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री एवं मध्यपश्चिम विश्वविद्यालयका सहकुलपति रघुजी पन्त, राष्ट्रिय योजना आयोगका सदस्य गिता कुमारी पौड्याल अधिकारी उपस्थित रहेको थियो।

बैठकमा कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कंडेल, विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. देवराज अधिकारी, त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. दिपक अर्याल, पुर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. विजुकुमार थपलिया, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव चुडामणि पौड्याल, अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय लगायत विश्वविद्यालयका सभासदस्यहरु उपस्थिति रहेको थियो।

बैठकमा विशेष गरी तिन वटा प्रस्तावहरु पेश गरिएका थिए जसमा आर्थिक वर्ष २०८१।०८२ को आम्दानी तथा खर्च अनुमोदन प्रस्ताव, आर्थिक वर्ष २०८२।०८३ को प्रस्तावित बजेट तथा कार्यक्रम सम्बन्धी प्रस्ताव र मध्यपश्चिम विश्वविद्यालय कार्यकारी परिषद् सदस्य मनोनयन सम्बन्धी प्रस्ताव पेश गरिएको थियो भने सभामा प्रस्तुत गरिएका सम्पूर्ण प्रस्तावहरु सर्वसम्मतिले पारित भएका छ।

आर्थिक वर्ष २०८१।०८२ को आम्दानी तथा खर्च अनुमोदन प्रस्ताव अन्तर्गत विश्वविद्यालयको वास्तविक आय असी करोड एघार लाख अन्ठानब्बे हजार आठ सय अट्ठाइस रहेको थियो भने जम्मा व्याय अठहत्तर करोड चौध लाख पचास हजार रहेको थियो।

आर्थिक वर्ष २०८२।०८३ को प्रस्तावित बजेट तथा कार्यक्रम अन्तर्गत पुँजीगत तथा संचालन तर्फ गरी एक अर्व छत्तिस करोड सतहत्तर लाख एक्काइस हजार बजेट अनुमान गरिएको छ।

विश्वविद्यालयको नीति तथा कार्यक्रम उपकुलपति प्रा.डा. ध्रुव कुमार गौतमले गरेका थिए। विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. शोभाखर कँडेलले सभाको संचालन गरेका थिए।

प्रकाशित मिति : २०८२ असार ३० गते सोमबार
प्रतिक्रिया दिनुहोस्