२०८३ साउन १४ , बिहीबार

विनियोजन विधेयकको पक्षमा मतदान गर्न एमाले सांसदलाइ ह्वीप



९ असार, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष ०८२।०८३ लागि संसद्मा पेस गरेका विनियोजन विधेयकका पक्षमा मतदान गर्न सांसदहरूलाई एमालेले ह्वीप जारी गरेको छ। मुख्य सचेतक महेश बर्तौलाले सांसदहरूका लागि ह्वीप जारी गरेका हुन्।

नेपाल सरकारद्वारा पेस गरिएको विनियोजन विधेयकलाई मिति २०८२ असार १० गते बस्ने प्रतिनिधिसभाको बैठकमा निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेकाले एमाले संसदीय दलका सम्पूर्ण सदस्यहरूलाई अनिवार्य उपस्थित भइ प्रस्तावको पक्षमा मतदान गर्नु एमालेले ह्वीप जारी गरेको हो।

सरकारले संसद्मा पेस गरेका विनियोजन विधेयकका पक्षमा मतदान गर्न सांसदहरुलाइ ह्वीप जारी गरिएको सचेतक बर्तौलाले जानकारी दिए।

 

प्रकाशित मिति : २०८२ असार ९ गते सोमबार
प्रतिक्रिया दिनुहोस्