२०८३ साउन १३ , बुधबार

१९ गते संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपतिद्वारा नीति तथा कार्यक्रम पेस हुने



वैशाख १८, काठमाडौं। वैशाख १९ गते सरकारको नीति तथा कार्यक्रम पेश हुने भएको छ। सरकारको आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत हुने कार्यसुचि रहेको संघिय संसद सचिवालयले जनाएको छ।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो ३ बजे बस्ने प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सम्वोधन गर्ने कार्यसुचि रहेको महासचिव पदम प्रसाद पाण्डेले जानकारी दिए।

संयुक्त बैठकका लागि सबै सांसदका साथै उपराष्ट्रपति, प्रधानन्यायाधीश, संवैधानिक आयोगका पदाधिकारी, सरकारका उच्चपदस्थ अधिकारी, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, निजी क्षेत्रका प्रमुख तथा प्रतिनिधिलगायतलाई आमन्त्रण गरिसकिएको सचिवालयले जनाएको छ।

प्रकाशित मिति : २०८२ वैशाख १८ गते बिहीबार
प्रतिक्रिया दिनुहोस्