बैशाख ३, काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेका छन्। मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले संसद बैठक आह्वानका लागि सिफारिस गरेपछि राष्ट्रपति पौडेलले वैशाख १२ गते शुक्रबार दिउँसो १ बजे संसद अधिवेशन बोलाएको राष्ट्रपति कार्यालयले जनाएको छ।
नेपाल संविधानको धारा ९३ को उपधारा (१) बमोजिम सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले दुवै सदनको अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
बैशाख २ गते मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसदमा विचाराधीन रहेको विद्यालय शिक्षा विधेयक यथासक्य पारित गर्ने समेतका प्रयोजनका लागि संघीय संसदको अधिवेशन आह्वान गर्ने निर्णय गरेको बताइएको छ।
प्रेस विज्ञप्तिः

प्रकाशित मिति : २०८२ वैशाख ३ गते बुधबार







