६ साउन। नेकपा एमालेले बागमती प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको छ। पार्टीका संसदीय दलका नेता जगन्नाथ थपलियाले प्रदेश प्रमुख दीपक प्रसाद देवकोटालाई समर्थन फिर्ताको पत्र बुझाएको हो।
पत्रमा भनिएको छ “मिति २०८२ श्रावण २० गते नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नेपाली कांग्रेस संसदीय दलका नेता माननीय ईन्द्रबहादुर बानियाँको नेतृत्वमा गठित बागमती प्रदेश सरकारलाई नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलले प्रदान गरेको समर्थन दलको निर्णयबमोजिम आज मिति २०८३ श्रावण ६ गतेदेखि फिर्ता लिएकोले नेपालको संविधानको धारा १८८ को उपधारा (२) को प्रयोजनका लागि जानकारी गराइएको व्यहोरा अनुरोध गर्दछु”।
प्रदेश सरकारमा नेकपा एमालेका ६ मन्त्री सहभागी थिए।
प्रकाशित मिति : २०८३ साउन ६ गते बुधबार








