२०८३ भदौ २८ , आइतबार

मोबाइलमा प्रश्नपत्र पठाउने वडा सदस्य सर्वोच्च अदालतबाट भ्रष्टाचारमा दोषी ठहर



१९ पुस, काठमाडौं। सर्वोच्च अदालतले प्रश्नपत्र गोपनीयता भंग गरेको आरोपमा भ्रष्टाचार मुद्दा लागेका २ जनालाइ दोषी ठहर गरेको छ। दैलेख डुङ्गेश्‍वर गाउँपालिका–५ स्थित श्री पिपल चौतारा माध्यमिक विद्यालय प्रश्नपत्र परिक्षा अगावै बाहिर पठाएको आरोपमा भक्तवहादुर शाही र दलबहादुर विश्वकर्मालाई दोषी ठहर गर्ने फैसला सुनाएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र महेश शर्मा पौडेलको इजलासले विशेष अदालत काठमाडौँको फैसला सदर गरेको हो ।

अख्तियारले ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । तर विशेष अदालतले आंशिक मात्र ठहर हुने भनि दुई जनालाई दोषी देखाउँदै अन्यलाई सफाइ दिएपछि प्रश्नपत्र गोपनीयता भंग गरी भ्रष्टाचार गरेकोसम्बन्धी मुद्दामा अख्तियार पुनरावेदन गएको थियो। फोनकल, मोबाइलबाट आउट भएको प्रश्नपत्रलगायतबाट कसुर पुष्टि हुने दाबी अख्तियारको थियो। विशेष अदालतको मिति २०७८ चैत्र ११  गतेको फैसला उपर अख्तियार सर्वोच्च गएको हो ।

गाउँपालिकाको शिक्षा शाखामा लिइएको परीक्षामा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका डुङ्गेश्‍वर गाउँपालिका–५ का वडासदस्य भक्त बहादुर शाहीले परीक्षा सञ्चालन हुनुभन्दा आगावै प्रश्‍नपत्रको फोटो परीक्षार्थी दल बहादुर वि.कको मोबाइलमा पठाएको आरोपमा अख्तियारले अनुसन्धान गरेको थियो।

प्रकाशित मिति : २०८१ पुस १९ गते शुक्रबार
प्रतिक्रिया दिनुहोस्