२०८३ कात्तिक १० , सोमबार

गलौंदीमा सडकको वैकल्पिक कटिङमा स्थानीय निकायबाट अवरोध



धादिङ। पृथ्वी राजमार्गअन्तर्गत धादिङको गलौंदी क्षेत्रमा त्रिशूली नदीले सडक कटान गरी भासिएपछि राजमार्ग अवरुद्ध भएको छ।

सडक विभागका अनुसार गजुरी गाउँपालिका ५ गलौदीमा त्रिशूली नदीले सडकतर्फ कटान गरेपछि सडक भासिएको हो।

सडकको भित्री भागमा स्थानीय सडक रहेकाले उक्त सडक काटेर ब्याक कटिङ (वैकल्पिक मार्ग निर्माणका लागि सडकको भाग कटान गर्ने कार्य) गर्नुपर्ने अवस्था छ।

तर, स्थानीय निकायले समेत सडक काटेर ब्याक कटिङ गर्ने विषयमा अवरोध गरेकोले काम सुरु गर्न नसकिएको सडक विभागले जनाएको छ।

समस्या समाधान गरी सडक सञ्चालनमा ल्याउन गजुरी गाउँपालिका–५ का स्थानीय प्रतिनिधिसँग छलफल भइरहेको विभागले जनाएको छ। यसैगरी, आवश्यक समन्वयका लागि धादिङ जिल्ला प्रशासन कार्यालयसँग समेत सम्पर्क गरिएको विभागले जनाएको छ।

सम्पूर्ण अवस्था सामान्य रहे करिब ८ घन्टामा यातायात सुचारू गर्न सकिने विभागको भनाइ छ।

प्रकाशित मिति : २०८३ असोज २४ गते शनिबार
प्रतिक्रिया दिनुहोस्