
तस्विरः सडक विभाग
काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका–५, गलौँदीमा सडक भासिएर पूर्ण रूपमा अवरुद्ध भएको राजमार्गलाइ खुलाउने प्रयास भइरहेको धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतम)ले बताएकी छिन्।
असोज २४ शनिबार बेलुकादेखि दुइतर्फी सडक सञ्चालनमा ल्याउने तयारी गरिएको प्रमुख जिल्ला अधिकारी पाण्डेयको भनाइ छ।
हिजैदेखि प्राविधिक, प्रहरी र स्थानीय सरकारको समन्वयमा सडक खुलाउने प्रक्रिया सुरु भएको हो र शनिबार बिहानैदेखि काम भइरहेको उनको भनाइ छ।
दशै नजिकिदै गर्दा राजमार्ग अवरुद्ध हुँदा धेरै यात्रुहरुलाइ आवतजावतमा असर परेको छ। अत्यावश्यक सवारीसाधन (एम्बुलेन्सलगायत)का निम्ति वैकल्पिक मार्गको व्यवस्थाको समेत पहल भएको जनाइएको छ।
प्रकाशित मिति : २०८३ असोज २४ गते शनिबार








