काठमाडौं।नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ।
बिहान ७ बजेबाट मतदान सुरु हुने पुर्वनिर्धारित कार्यक्रम भन्दा ढिलोगरी मतदान सुरु भएको हो। महाधिवेशनका ज्येष्ठ प्रतिनिधि शोभाकान्त बरालले पहिलो मत खसालेका छन्।
मतदानमा असक्त र अपाङगता भएका प्रतिनिधीहरुलाइ प्राथमिकतामा राखेर मतादन गरिएको मतदान अधिकृत अधिवक्ता तुल्सीराम पराजुलीले जानकारी दिए।
निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार मतदान दिउँसो ३ बजेसम्म हुनेछ। महाधिवेशन प्रतिनिधिको संख्या सात हजार ३१७ रहेको कटुवालको भनाइ छ।
प्रकाशित मिति : २०८३ असोज २३ गते शुक्रबार








