काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशन अन्तर्गत नेतृत्व चयनको लागि आज (बिहीबार) मतदान तालिका रहेकोमा स्थगित भएको छ। निर्वाचनको कार्यक्रम भोली शुक्रबार विहान ७ बजे हुने गरी सरेको छ।
बिहान १० बजेका लागि तय गरिएको मतदान बिहीबार दिउँसो साढे २ बजेसम्मलाई सारिएको थियो।
तोकीएको समयमा निर्वाचन हुन नसकेपछी शुक्रबारको लागी सारिएको निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले जानकारी दिए।
प्रकाशित मिति : २०८३ असोज २२ गते बिहीबार








