२०८३ भदौ १९ , शुक्रबार

पिपिएलए गुल्मीको अधिवेशन सम्पन्न



७ भदौ।  प्रगतिशील तथा पेशागत कानून व्यवसायी संगठन नेपाल गुल्मीको अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले अधिवक्ता गोपालप्रसाद खनाललाइ सर्वसहमत अध्यक्ष चयन गरेको छ।

यसैगरी पिपिएलएको उपाध्यक्षमा अधिवक्ता बोमलाल भण्डारी, सचिव अधिवक्ता कृष्ण विश्वकर्मा र कोषाध्यक्षमा अधिवक्ता दिननाथ आचार्य चयान भएका छन्।

यसैगरी सदस्यहरुमा अधिवक्ता टुक बहादुर कुँवर, अधिवक्ता जीवलाल गौतम, अधिवक्ता घनश्याम मरासिनी, अधिवक्ता होम बहादुर के सी र अधिवक्ता धनपति गौतम सर्वसहमतले चयन भएको केन्द्रिय सदस्य हीरा कुँवरले जानकारी दिइन्।

जिल्ला अधिवेशन संगठनका केन्द्रीय सदस्य अधिवक्ता हीरा कुँवरको प्रमुख आतिथ्यता एवम् अधिवक्ता गोपाल प्रसाद खनालको अध्यक्षतामा सम्पन्न भएको हो।

अधिवेशनबाट नवनिर्वाचित कमिटीले सदस्यता विस्तार र नवोदिन कानुन व्यवसायीको क्षमता विकासका लागि कार्ययोजना तय गरेको छ।

प्रकाशित मिति : २०८३ भदौ ७ गते आइतबार
प्रतिक्रिया दिनुहोस्