२०८३ साउन १२ , मंगलबार

गणेश नेपालीको उपचारको क्रममा निधन, सरकारको विरोध



२६ असार। आत्मदाहको प्रयास गरेका गणेश नेपालीको निधन भएको छ। गणेशको निधनभएपछि माइतीघरमा सरकारविरुद्ध प्रदर्शन भएको छ ।

उपचारकै क्रममा निधन भएको वीर अस्पतालले जनाएको छ । काठमाडौंका एसपी पवन भटटराईका अनुसार उनलाई अस्पतालले मृत घोषणा गरेको छ।

उनको वीर अस्पतालको बर्न सेन्टरमा मेकानिकल भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

बिहीबार दिउँसो ३ बजे वीर अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका नेपालीको शरीर ६५ देखि ७० प्रतिशत जलेको थियो ।

वीर अस्पतालको प्लास्टिक सर्जरी विभागका संयोजक डा. पियुष दाहालको नेतृत्वमा युनिट प्रमुख डा. अपार लामिछाने, क्रिटिकल केयरका डा. निर्मण ज्ञवाली, एनेस्थेटिस्ट जयप्रकाश ठाकुर, प्रा. डा. रविराम श्रेष्ठ र नर्सिङ सेवाका स्वास्थ्यकर्मीसहित २१ जनाको विशेष टोलीले उनको उपचार गरिरहेका थिए ।

नेपालीको निधनपछि प्रहरीले घटनाबारे सोधपुछका लागि काठमाडौं महानगरप्रहरीका ३ जना नगर प्रहरीलाइ नियन्त्रयणमा लिएको छ ।

नेपालीको निधनको विषय संसदमा प्रवेश गरेको छ। सांसदहरुले घटनाको छानविनको माग गरेका छन्।

प्रकाशित मिति : २०८३ असार २६ गते शुक्रबार
प्रतिक्रिया दिनुहोस्