२०८३ भदौ २८ , आइतबार

सुदूरपश्चिमका मुख्यमन्त्री शाहलाई ट्राफिक प्रहरीले गर्‍यो जरिवाना



१८ असार। हेलमेटबिना मोटरसाइकल चलाएको कसुरमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह ट्राफिक कारबाहीमा परेका छन् । आफ्नो निवास परिसरमा शाहले हेलमेट नलगाई बुलेट बाइक चलाएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएसँगै चौतर्फी आलोचना गरिएको थियो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक रेशम आचार्यसहितको टोलीले मुख्यमन्त्रीलाइ जरिवाना काटेको हो। ट्राफिकले निवासमै पुगेर चिट काटेको हाे ।

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार मोटरसाइकल चालकले अनिवार्य रूपमा हेलमेट लगाउनुपर्ने व्यवस्था छ । हेलमेट नलगाई मोटरसाइकल चलाएको पाइए पहिलोपटक ५०० रुपैयाँ जरिवाना गरिनेछ।

दोस्रोपटक एक हजार र त्यसपछि एक हजार ५०० रुपैयाँसम्म जरिवाना गर्न सकिने व्यवस्था छ । मुख्यमन्त्रीलाई थमाइएको चिटमा ‘हेल्मेट नलगाई सवारी चलाएको’ कसुर उल्लेख छ।

प्रकाशित मिति : २०८३ असार १८ गते बिहीबार
प्रतिक्रिया दिनुहोस्