६ जेठ। वीरेन्द्रनगर नगरपालिकाको नगरप्रहरीले काफल बेच्ने महिलालाई दुर्व्यवहार गरी काफल समेत सडकमा पोखेको घटनाको विरोध भएपछि नगरप्रमुख मोहनमाया ढकालले पिडित महिलालाइ भेटेर सहयोग गरेकी छन्।
वीरेन्द्रनगरको सडकमा काफल बेचिरहेकी धमिला चौलागाईंको एक डालो काफल नगरप्रहरीले सडकमा घोप्ट्याइदिएपछि सामाजिक सञ्जालमा नगर प्रहरीको विरोध भएको थियो।
चौलागाईलाइ नगरप्रमुख ढकालले दश हजार रुपैया सहयोग समेत गरेकी छन्।
नगरपालिकाले उक्त घटनामा संलग्नलाइ कारबाही गर्ने समेत जनाएको छ। नगरपालिकाले विज्ञप्ति जारी गर्दै उक्त कार्यप्रति ध्यानाकर्षण भएको जनाएको थियो।
साथै उक्त कार्यमा संलग्न नगरप्रहरीलाइ विभागीय कारबाही गरिने र पिडितलाइ क्षेतीपुर्ति समेत दिने विज्ञप्तिमा जनाएको छ।
प्रकाशित मिति : २०८३ जेठ ६ गते बुधबार






