२८ बैशाख। सर्वोच्च अदालतले विश्वविद्यालयमा विद्यार्थी संगठन खारेज नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ। आठ विद्यार्थी संगठनहरुले संयुक्तरुपमा दायर गरेको रिटको सुनुवाइ गर्दै अदालतले सो आदेश जारी गरेको हो।
न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले विद्यार्थी संगठनहरु खारेज नगर्न आज अल्पकालीन अन्तरिम आदेश दिएको हो।
विश्वविद्यालयहरुमा विद्यार्थी संगठन हटाउने सरकारको निर्णय कार्यान्वयन नगराउन अन्तरिम आदेशको माग गरेका थिए । उनीहरुले सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र गृह मन्त्रालयलाई विपक्षी बनाएर रिट दायर गरेका थिए ।
वर्तमान सरकारले विद्यार्थी संगठनहरु खारेज गर्ने निर्णय गरेको थियो । त्यसविरुद्ध आठ विद्यार्थी संगठनहरुले संयुक्तरुपमा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।


प्रकाशित मिति : २०८३ वैशाख २८ गते सोमबार






