२०८३ जेठ ४ , सोमबार

एसईईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण



२८ बैशाख। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजा सार्वजनिक गरेको छ। सार्वजनिक नतिजा अनुसार यस वर्ष देशभरबाट सहभागी भएका कुल विद्यार्थीमध्ये ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।

परीक्षा नियन्त्रण कार्यालयका अनुसार यस वर्षको परीक्षामा कुल ४ लाख ३० हजार ६ सय ६७ जना विद्यार्थी सहभागी भएका थिए। जसमध्ये २ लाख ८४ हजार १६० जना विद्यार्थीले माथिल्लो कक्षामा भर्ना हुनका लागि आवश्यक ग्रेड प्राप्त गरेका छन्।

यसैगरी १ लाख ४६ हजार ५ सय ७ जना विद्यार्थीले ‘एनजी’ (Non-Graded) प्राप्त गरेका छन्।

कसरी हेर्ने नतिजा  ?
एसएमएस र आईभीआरबाट नतिजा हेर्ने तरिका
– नेपाल टेलिकम : १६०० (SMS/USSD र IVR सेवा)
– जानकी टेक्नोलोजी : ३५००१ (SMS सेवा मात्र)
– एम्बिसन गुरु : ३१०६१ (SMS सेवा मात्र)

वेबसाइटबाट कसरी ?
– आधिकारिक सरकारी साइट : www.see.gov.np र www.neb.gov.np
– नेपाल टेलिकम : www.see.ntc.net.np
– कान्तिपुर पब्लिकेसन्स : www.ekantipur.com
– इडियु सञ्जाल : www.see.edusanjal.com
– खल्ती : https://khalti.com/app

प्रकाशित मिति : २०८३ वैशाख २८ गते सोमबार
प्रतिक्रिया दिनुहोस्