१२ बैशाख। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विश्वराज पोखरेलले विद्यालयको प्राध्यापकले स्वागत गर्न नआएको भन्दै पोखरेलले दिएको अभिव्यक्तिको विरोध भएको छ। पोखरेलको विवादीत भिडियो सामाजिक संजालमा सार्वजनिक भएको हो।
ओखलढुङ्गाबाट निर्वाचित पूर्वएआइजी समेत रहेका पोखरेलले गृह जिल्लाको एक विद्यालयका प्रधानाध्यापकलाई थर्काएका थिए।
आफ्नो स्वागतमा नआएको प्रति रुष्ट हुँदै प्रधानाध्यापकलाई पोखरेलले भनेका थिए, ‘म आउँदैछु भन्दा तपाईं निस्किनु पर्छ। तपाईं कर्मचारी हो । म रिटायर्ड विशिष्ट श्रेणी कर्मचारी हुँ ।’
आफूलाई माननीयका रुपमा अथ्र्याउँदै पोखरेलले ‘जिल्लाको एउटा माननीय आउँदा हेड मास्टरभित्र चुप लागेर बस्ने ?’ भन्दै थर्काएको भिडियो सार्वजनिक भएको थियो।
प्रकाशित मिति : २०८३ वैशाख १२ गते शनिबार








