७ बैशाख। गृहमन्त्री सुधन गुरुङ विवादमा तानिएका छन्। गुरुङ र बिचौलिया दीपक भट्टबीच सम्बन्ध भएको खुलेपछी चौतर्फि उनको आलोचना भइरहेको छ। गुरुङ अध्यक्ष रहेको हामी नेपाल संस्थाले भट्टलाइ सम्मान गरेको तस्विरहरु समेत बाहिरीएका छन् ।
गुरुङले मन्त्रीहरुको सम्पती विवरणमा नखुलाएको रु २५ लाख बराबरको स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडमा समेत शेयर लगत सार्वजनिक भएको छ। गुरुङले उक्त विवरण लुकाएको देखिन्छ।
उक्त रकम आफुले ऋण (कर्जा) मार्फत जुटाइएको गुरुङले स्पष्ट पारेका छन्। गुरुङले संचालन गरेको हामी नेपाल संस्थाको विषयमा पनि प्रश्न उठेका छन्।




प्रकाशित मिति : २०८३ वैशाख ७ गते सोमबार








