बैशाख ५, काठमाडौं। सर्वोच्च अदालतका कर्मचारीबाट नियम उलंघन गरेको पाइएको छ। कर्मचारीहरु ले हाजिर तथा पोसाक मापदण्ड पालना नगरेको अनुगमनबाट देखिएको छ।
अदालतको अनुगमन महाशाखाबाट आकस्मिक अनुगमनमा यस्तो पाइएको सर्वोच्चको प्रशासनले जनाएको हो। निर्धारित समयमा अदालत प्रवेश नगर्ने कर्मचारीको संख्या ८२ पाइएको छ।
यसैगरी तोकिएको पाेशाक नलगाउनेको संख्या २२ रहेको छ। कर्मचारीहरुले जिन्स र टिसर्टमा समेत कार्यालयमा आएको महाशाखाको भनाइ छ।
कर्मचारीहरुले बिदा स्वीकृत नगरी अनुपस्थित समेत रहेको देखिएको छ। बिदा स्वीकृत नगर्ने कर्मचारीको संख्या ७० रहेको छ। महाशाखाबाट छड्के जाँचको क्रममा कर्मचारीले कार्यालयमा बिहान र बेलुकी हाजिरको समयमा मात्रै उपस्थित भएको पाइएको जनाएको छ।
बैशाख २ गतेको छट्केमा ९ जना कर्मचारी आफ्नो कार्यकक्षमा नभेटीएको अनुमगनमा देखिएको छ।
प्रकाशित मिति : २०८३ वैशाख ५ गते शनिबार






