२०८३ वैशाख ६ , आइतबार

गगन थापाको नेतृत्वलाई सर्वोच्चको मान्यता, देउवा पक्षको रिट खारेज



बैशाख ४, काठमाडौं। नेपाली कांग्रेसको आधिकारिता विवादमा सर्वोच्च अदालतले वर्तमान सभापति गगनकुमार थापाको पक्षमा फैसला गरेको छ ।

सर्वोच्चका न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले थापा नेतृत्वको वर्तमान केन्द्रीय कार्यसमितिको पक्षमा निर्णय दिएको हो । तत्कालीन सभापति शेरबहादुर देउवा र कावा सभापति पूर्णबहादुर खड्काले थापा नेतृत्वको नेपाली कांग्रेसलाई वैधानिकता दिने निर्वाचन आयोगको निर्णय र विशेष महाधिवेशनको वैधानिकतामाथि प्रश्न उठाउँदै रिट दायर गरेका थिए ।

सर्वोच्चले देउवा र खड्काले दायर गरेको रिट खारेज गरिदिएको छ । संविधान, कानुन र नेपाली कांग्रेसका विधानविपरीत निर्वाचन आयोगले गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिता दिएको दाबी रिटमा गरिएको थियो ।

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसको आधिकारिता विवादमा सभापति गगनकुमार थापाको पक्षमा फैसला गरेको छ।

सर्वोच्चका न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले थापा नेतृत्वको वर्तमान केन्द्रीय कार्यसमितिको पक्षमा निर्णय दिएको हो ।

तत्कालीन सभापति शेरबहादुर देउवा र कावा सभापति पूर्णबहादुर खड्काले थापा नेतृत्वको नेपाली कांग्रेसलाई वैधानिकता दिने निर्वाचन आयोगको निर्णय र विशेष महाधिवेशनको वैधानिकतामाथि प्रश्न उठाउँदै रिट दायर गरेका थिए ।

सर्वोच्चले देउवा र खड्काले दायर गरेको रिट खारेज गरिदिएको छ । संविधान, कानुन र नेपाली कांग्रेसका विधानविपरीत निर्वाचन आयोगले गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिता दिएको दाबी रिटमा गरिएको थियो ।

उक्त रिटमा सुनुवाई सकिएपछि सर्वोच्चबाट निर्णय आएको हो । यो निर्णयपछि सभापति गगनलाई सभापतिको हैसियतमा काम गर्न थप सहज भएको छ ।

सर्वोच्चले देउवा र खड्काको दाबी खारेज गर्दै थापा नेतृत्वमा रहेको नेपाली कांग्रेस र आधिकारिकता दिने गरी निर्वाचन आयोगबाट भएको निर्णयलाई वैधता दिएको छ

आफूलाई कांग्रेसको १४ औँ महाधिवेशनबाट निर्वाचित सभापतिकै हैसियतमा रहेको भन्दै देउवाले विशेष महाधिवेशनलाई नै अवैध भनेका थिए। यस संगै काँग्रेसको वैधानिकताको विवादको अन्त्य भएको छ।

प्रकाशित मिति : २०८३ वैशाख ४ गते शुक्रबार
प्रतिक्रिया दिनुहोस्