२०८३ वैशाख २ , बुधबार

दीपक खड्काको रिटमा २४ घण्टाभित्र लिखित जवाफ पेस गर्न सर्वोच्चको आदेश (पूर्णपाठ)



२ वैशाख, काठमाडौँ । सर्वोच्च अदालतले पूर्वऊर्जामन्त्री दीपक खड्काको बन्दीप्रत्यक्षीकरण रिटमा लिखित जवाफ पेश गर्न आदेश दिएको छ। अदालतले ३ गते बिहिवार १२ बजेसम्म लिखित जवाफ पेश गर्न आदेश दिएको हो।

बुधबार सर्वोच्च अदालतका न्यायाधीशहरू तिलप्रसाद श्रेष्ठ र शान्तिसिंह थापाको संयुक्त इजलासले उक्त आदेश दिएको हो ।

ललितपुर जिल्ला अदालतबाट म्याद थपका लागि खडा गरिएको पर्चा, राजस्व अनुसन्धान विभागको अनुरोधपत्र र थुनाको कारणसहितको लिखित जवाफ २४ घण्टाभित्र पेस गर्न आदेश दिएको छ।

साथै सुनुवाइको लागी बिहिबार पेसी समेत तोक्ने आदेश दिएको हो।

प्रकाशित मिति : २०८३ वैशाख २ गते बुधबार
प्रतिक्रिया दिनुहोस्