काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सहितका नेताहरू विरुद्द भिडियो गराएको आरोपमा युट्यूबर पक्राउ परेका छन्। साहलाइ गालीगलौज गर्दै सामग्री प्रसारण गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पाँचथरको फाल्गुनन्द गाउँपालिका–७ का रोशन पोखरेल छन् ।
पोखरेलले आफ्नो युट्युब च्यानलमार्फत प्रधानमन्त्रीसहितका नेताहरूमाथि अपशब्द बोल्दै सामग्री प्रसारण गरेको आरोपमा नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले नियन्त्रणमा लिएको हो। उनीविरुद्ध मुद्दा भने पाँचथरमा नै चलाइएको छ।
पाँचथर प्रहरीका प्रमुख एवं डीएसपी अनिश कर्णले साइबर ब्युरोसितको समन्वयमा पोखरेललाई पक्राउ गरिएको जानकारी दिए । बिहीबार (चैत २६) साँझ उनलाई पक्राउ गरिएको डीएसपी कर्णले बताए।
प्रकाशित मिति : २०८२ चैत २९ गते आइतबार








