चैत्र १५, काठमाडौं। पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट पत्नी राधिका शाक्यले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट निवेदन दायर गरेकी छन्। शनिवार ओलीलाइ प्रहरीले पक्राउ गरेको थियो। ओलीलाइ पक्राउ गर्नु गैरकानूनी भएको माग सहित रिट दायर भएको हो।
रिट निवेदनमा नेपालको संविधानको धारा १५८(२) ले फौजदारी मुद्दाको नेपाल सरकारको तर्फबाट मुद्दा चलाउने वा नचलाउने अन्तिम निर्णय गर्ने अधिकार महान्यायाधिवक्तालाई हुनेमा महान्यायाधिवक्ताको उक्त संवैधानिक अधिकारलाई अतिक्रमण गरी दिएको कथित प्रतिवेदन कार्यन्वयन गर्ने भनी गरिएको पक्राउ स्वतः गैर संवैधानिक तथा गैर कानूनी रहेको छ दावी गरिएको छ।
रिट निवेदनमा सार्वजनिक संचार माध्यममा प्रकाशित विवरण अनुसार निज बन्दीलाई कार्कि आयोगले मुलुकी अपराध संहिता, २०७४ को दफा १८१ र १८२ को आधारमा कारवाही गर्न सिफारिस गरिएको भन्ने व्यहोरा उल्लेख भएकोमा सोही आधारमा पुर्वाग्रह राखी गिरफ्तार गरको उल्लेख गरिएको छ।
साथै घटनास्थलमा उपस्थित नभएको र सुरक्षा निकायका कुनै पनि अधिकारीलाई बल प्रयोग गर्न निज बन्दीले आदेश दिएको भनी पुष्टि नगरेको अवस्थामा निज बन्दीको हकमा उक्त कानूनी दफाहरु आर्कषित नै हुन नसक्ने भएकोले बन्दीको थुना गैर कानूनी रहेको रिट निवेदनमा उल्लेख छ।
यसैविच पूर्व गृहमन्त्री रमेश लेखकको पत्नी यशोदा लेखकले समेत संगै बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दायर गरेकी छन्। दुवै रिटको पेशी सोमबार तोकिएको छ।
पूर्णपाठः








