१४ चैत्र, काठमाडौं। नेकपा एमालेको आज विहान बसेको सचिवालयको बैठकले आज देशभर विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ। एमाले सचिव महेश बस्नेतको अनुसार पुर्व प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई तत्काल रिहा गर्न माग गरेको छ ।
सचिबालय बैठले आम जनसमुदाय, नागरिक समाजको दृढताको साथ कानुनी तथा राजनीतिक रूपमा सशक्त प्रतिबाद गर्ने समेत निर्णय गरेको छ। यसैगरी प्रत्येक जिल्लाको सदरमुकाममा आज अपराह्न ३ बजे जनसंगठनहरूको तर्फबाट विरोध प्रदर्शन गर्ने।
प्रत्येक जिल्लामा भोलि चैत्र १५ गते १२ बजे जिल्ला पार्टी कमिटीको आयोजनामा व्यापक प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारी (CDO) कार्यालयमा विरोधपत्र बुझाउने समेत निर्णय गरेको छ।
लोकतन्त्र र कानुनी राज्यका पक्षधर सबै दलहरूसँग संबाद र सहकार्य गर्ने। नागरिक समाज र आम जनसमुदाय संग सहकार्य गर्ने समेत सचिवालयले निर्णय गरेको छ।
प्रकाशित मिति : २०८२ चैत १४ गते शनिबार







