२०८३ भदौ २८ , आइतबार

रमेश लेखक पक्राउपछि छलफलमा काँग्रेस



१४ चैत्र। नेपाली काँग्रेसले पूर्व गृहमन्त्री तथा आफ्ना नेता रमेश लेखक पक्राउ परेपछि परामर्श थालेको छ। आज बिहान निवासबाट प्रहरीले पक्रेपछि उत्पन्न परिस्थितिबारे छलफल गर्दै आफ्नो धारणा सार्वजनिक गर्ने बताइएको छ।

लेखकलाई  कटुन्जे स्थित निवासबाट प्रहरीले पक्राउ गरेको थियो। गृहमन्त्री सुदन गुरुङ ओली र लेखकलाइ पक्राउ गर्न रातिसम्म सुरक्षा निकायसंग छलफलमा सक्रिय थिए।

 बालेन शाह नेतृत्वको सरकारको पहिलो बैठकले सुरक्षा निकाय र प्रशासकहरुलाइ हाल पक्राउ नगरी पूर्व प्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री लेखकलाइ प्रतिवेदन अनुसार कारवाही अगाडी बढाउने निर्णय गरेको थियो। उक्त कदमलाइ प्रतिशोध पुर्ण भएको कानूनका जानकारहरुले प्रतिक्रिया दिएका छन्।

प्रकाशित मिति : २०८२ चैत १४ गते शनिबार
प्रतिक्रिया दिनुहोस्