२०८३ साउन १४ , बिहीबार

ओलीको टिचिङमा स्वास्थ्य परिक्षण, च्यासलमा एमाले बैठक जारी



१४ चैत्र। एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल पुर्याइएको छ।प्रहरीले आज बिहान पक्राउ गरेपछि स्वास्थ्य परीक्षणका लागि अस्पताल लगेको हो।

यसैविच नेकपा एमाले सचिवालय बैठक पार्टी कार्यालय च्यासलमा बसिरहेको छ। एमाले सचिव महेश बस्नेतले सामाजिक संजाल फेसबुक मार्फत पार्टी अध्यक्ष ओलीलाइ प्रतिशोधपूर्ण तथा बदलाभावले पक्राउ गरेको बताएका छन्।

उनले भनेका छन् ‘अध्यक्ष केपी शर्मा ओली लाई प्रतिशोधपूर्ण तथा बदलाभावले पक्राउ गरेपछि पार्टीको धारणा स्पष्ट गर्न र आगामी संघर्षका कार्यक्रम तय गर्न नेकपा एमाले सचिवालय बैठक बसिरहेको छ।’

प्रकाशित मिति : २०८२ चैत १४ गते शनिबार
प्रतिक्रिया दिनुहोस्