२१ फागुन। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मतदानको निर्धारित समय सकिएको छ। निर्वाचन आयोगले बिहीबार (फागुन २१) बिहान ७ देखि साँझ ५ बजेसम्म मतदानको समय तोकेको थियो ।
आयोगका अनुसार तोकेको समयमा छिटपुट घटनाबाहेक शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको हो।
देशभर मतदान सम्पन्न भइ मतपेटीका सुरक्षीत स्थानमा सार्ने काम भइरहेको आयोगले जनाएको छ।
दोलखा, उदयपुर, महोत्तरी र सर्लाहीका केही स्थानमा भने मतदानका क्रममा विवाद भएको थियो । दोलखाका दुइटा मतदान केन्द्रमा विवाद भएको प्रहरीको भनाइ छ। एउटा मतदान मतदान केन्द्रमा हवाई फायर समेत गर्नुपरेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८२ फागुन २१ गते बिहीबार







