२९ माघ। महिला तथा बालबालिकाको क्षेत्रमा कृयाशिल आवाज संस्थाको २६औं साधारणसभा सम्पन्न भएको छ। साधारण सभामा संस्थाको वार्षिक प्रगतिप्रतिवेदन पेश गरीएको थियो।
कार्यक्रममा बोल्दै वीरेन्द्रनगर नगरपालीकाका उप मेयर निलकण्ठ खनालले संस्था आवाज विहीनहरुको आवाज बन्नुपर्नेमा जोड दिए। महिला बालबालिकाको अवस्था सुधार गर्न राज्यका निकाय लागेको र गैर सरकारी क्षेत्रबाट समेत पहल भएकोमा उप मेयर खनालले प्रशंसा व्यक्त गरेे।
साधारण सभामा संस्थाका वित्त प्रमुख रीमा देवकोटाले गत आर्थिक वर्षको आम्दानी तर्फको ७ करोड ४७ लाख ८३ हजार २१२ रुपैया र खर्च तर्फको ७ करोड २९ लाख ७३ हजार ०२५ रुपैया प्रतिवेदन प्रस्तुत गरेकी थिइन्। यसैगरी चालु आवको लागी ७ करोड ८० लाख बरावरको प्रस्तावीत आय व्याय पेश गरीएको वित्त प्रमुख देवकोटाले जानकारी दिइन्।
कार्यक्रममा बोल्दै आवाजको संस्थापक अध्यक्ष इरादा गौतमले महिला र बालबालिकाको क्षेत्रमा काम गर्दा थुप्रै चुनौती मोल्नु परेकोमा हाल यसमा राज्य र अन्य सरोकारवालाले समेत साथ सहयोग गरेको प्रति आभार व्यक्त गरीन्। साधारण सभामा सुरक्षा निकाय, जिल्ला स्थित सरकारी तथा गैर सरकारी संस्थाका प्रतिनिधीको सहभागीता रहेको थियो।
साभारणसभा अध्यक्ष ईरादा पराजुली गौतमको अध्यक्षतामा तथा वीरेन्द्रनगर नगरपालिका सुर्खेतका नगर उपप्रमुख नीलकण्ठ खनालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।







