१६ माघ। माघ १० गतेदेखि १६ गतेसम्मको अवधिलाई शहीद सप्ताहका रूपमा देशभर मनाउने गरिन्छ। शहीदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द ठाकुर र गङ्गालाल श्रेष्ठलाई प्रजातन्त्रको पक्षमा जनतामाझ वकालत गरेको अभियोगमा हत्या गरिएको दिनलाइ शहिद दिवशको रुपमा मनाउने गरिन्छ। जनताले प्राप्त गरको प्रजातन्त्र र लोकतन्त्र सहित स्वतन्त्रता, समानता अनि सार्वभौमिकताका लागि दिएको बलिदानको स्मरण गर्दै यो दिवस मनाइदैछ।
नेपालको पहिलो शहीद लखन थापालाई मानिन्छ । थापालाई तत्कालीन राणा प्रधानमन्त्री जङ्ग बहादुर राणा विरुद्ध प्रचार प्रसार गरेको आरोपमा विक्रम संवत् १९३३ साल फागुन २ मा गोरखाको मनकामना मन्दिर नजिकैको रुखमा झुन्ड्याएर मारिएको थियो ।
प्रजातन्त्रमा माग सहित विसं १९९७ मा राणाशासनको विरोध गरेको कारण शहीद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द ठाकुर र गङ्गालाल श्रेष्ठको हत्य गरिएको थियो।
विक्रम संवत् १९९७ साल माघ १० गते राति १२ बजे काठमाण्डौको पचलीमा खरीको रुखमा शुक्रराज शास्त्रीलाई झुन्ड्याइएको थियो। यसैगरी धर्मभक्त माथेमालाई सिफलमा हत्या गरिएको थियो।
माघ १४ गते दशरथ चन्द ठाकुरलाई शोभा भगवतीमा गोली हानी हत्या गरिएको थियो र सोही दिन राति १० बजे शोभा भगवतीमै लगेर गङ्गालाल श्रेष्ठलाई खम्बामा बाँधी गोली हानी हत्या गरिएको थियो ।
परिवर्तनको लागी २०३६ साल २०४६ र २०६२-०६३ समेत शहिदहरुले ज्यानको बलिदानी दिएका छन्। सवैको सम्झनामा देशभर विभिन्न कार्यक्रम गरी शहिदहरुलाइ स्मरण गरिदैछ।








