५ माघ। सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिएका छन् । सुशीला सरकारमा राजीनामा दिने खरेल तेस्रो मन्त्री हुन्।
यस अघि उर्जामन्त्री कुलमान घिसिङ र खेलकुदमन्त्री बब्लु गुप्ताले राजीनामा दिएका थिए।
खरेललाइ राष्ट्रिय स्वन्तत्र पार्टी (रास्वपा) ले ललितपुर २ बाट उम्मेदवार बनाउने भएपछि उनले मन्त्री पदबाट राजीनामा दिएका हुन्। उनले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर पदबाट राजीनामा दिएका हुन् ।
घिसिङ आफ्नै नेतृत्वमा उज्यालो नेपाल पार्टी गठन गरेर चुनावी तयारीमा छन् भने गुप्ता रास्वपाबाटै चुनाव लड्ने तयारीमा छन्।

प्रकाशित मिति : २०८२ माघ ५ गते सोमबार








