२०८३ साउन १३ , बुधबार

वरिष्ठ अधिवक्ता घिमिरे चितवन ३ बाट आकांक्षी



५ माघ। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाट वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे नेपाली कांग्रेसको टिकटका लागि प्रमुख दावेदारका रूपमा आफुलाइ प्रस्तुत गरेका छन्।

नेपाल बार एसोसिएशनका निवर्तमान अध्यक्ष समेत रहेका घिमिरेले उम्मेदवारको आकांक्षा राखेका हुन् । नेपाली कांग्रेसको निर्वाचन समितिका पूर्वसंयोजक समेत रहेका घिमिरे चितवनको राजनीतिक क्षेत्रमा परिचित छन्।

स्थानीय कांग्रेस नेताहरु र पार्टी सभापति गगनकुमार थापा समेत घिमिरेलाई उम्मेदवार बनाउन सकारात्मक रहेको बुझिएको छ। उनि कानूनको क्षेत्रमा समेत अनुभवी भएको र अगुवा कार्यकर्ता समेत भएकोले उनको सम्भावना बलियो रहेको कार्यकर्ताको दावी छ।

नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गरेका घिमिरेले भने, ‘म लामो समयदेखि राजनीतिमा छु र पार्टीले दिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेको छु। यस पटक मेरो कामको मूल्यांकन हुने विश्वास गरेको छु।’

चितवन ३ बाट एमालेले शंकरराज थपलिया र नेकपाले रेनु दाहाललाई उम्मेदवार बनाउने तयारी गरेका छन्।

प्रकाशित मिति : २०८२ माघ ५ गते सोमबार
प्रतिक्रिया दिनुहोस्