२०८३ साउन १३ , बुधबार

बालेनद्वारा नगर प्रमुख पदबाट राजीनामा, उप-प्रमुखले गरिन् स्वीकृत



४ माघ। काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले राजीनामा दिएका छन्। उनको राजिनामा उप-प्रमुख सुनिता डंगोलले स्वीकृत गरेकी छन्। उनले स्वेच्छाले राजीनामा दिएको बताएका छन्।

राजिनामा पत्रमा बालेनले पदमा रहँदा महानगरपालिका र नगरबासीको हितमा इमान्दारीपुर्वक कार्य गर्ने प्रयास गरेको बताएका छन्। उनले कार्यपालिकाको सफलताको शुभकामना व्यक्त गरेका छन्।

उप-प्रमुख डंगोलले संविधानको धारा २१६ को उपधार ८ (क) बमोजिमा राजीनामा स्वीकृत गरेकी हुन्।

प्रकाशित मिति : २०८२ माघ ४ गते आइतबार
प्रतिक्रिया दिनुहोस्